काठमाडौं । सीडीएससीको एपीआई जडान गर्ने आश्वा सदस्यहरुबैंकहरुबाट आइपीओ भर्दा खातामा रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ।
नेपाल धितोपत्र बोर्डले सीडीएससीको एपीआई कार्यविधि स्वीकृत गरेर सो सेवा दिन सहजीकरण गरेको हो । यदी रकम नभए तत्काल प्रणालीले आवेदन रद्दको सूचना दिनेछ ।
सीडीएससीले एपिआई जडान गर्ने कम्पनी अथवा सेवा प्रदायकबाट शुल्क समेत लिन पाउनेछ । केही समय अघि बोर्डले नेप्सेको तथ्यांक उपयोग कार्यविधि स्वीकृत गरेर एपीआई उपलब्ध गराउने निर्णय गरेको थियो ।