बाढी पीडितलाई घर बनाउन ५ लाख, मृत्यु भएकाको परिवारलाई २ लाख

न्युजलय ४ कार्तिक २०७८, बिहिबार ०२:१८ मा प्रकाशित

काठमाडौ । सरकारले बाढीपीडितहरुलाई घर बनाउन ५ लाख रुपैयासम्म आर्थिक सहयोग दिने भएको छ । 

पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । यस्तै विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ ।

सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई पनि कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको छ ।