झिनो अंकले घट्यो नेप्से

न्युजलय ११ असार २०८२, बुधबार ०३:५६ मा प्रकाशित

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से( झिनो अंकले घटेको छ । 

बुधबार बजार ०.३३ अंकले घटेर २६००.२० विन्दुमा पुगेको छ । दिनभरमा करिब ६ अर्ब रुपैयाँको कारोबार भएको छ । 

बजार बन्द हुँदासम्म ५ अर्ब ९४ करोड ४२ लाख ८५ हजार रुपैयाँ बराबरको १ करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर कारोबार भएको छ । 

बुधबार ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।