काठमाडौँ । आज नेप्से १०.४१ अकंले घटेर २६४३.९३ बिन्दुमा बन्द भएको छ ।
आज ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १२ करोडको सेयर कारोबार भएको छ ।
आज बैंकिङ समूहको ०.८९ प्रतिशत, फाइनान्स समूहको ४.७६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२७ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५० प्रतिशतले सेयरमूल्य घटेको छ ।
सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।