घट्यो सुनचाँदीको भाउ

न्युजलय १३ असोज २०८३, मङ्गलबार ११:३८ मा प्रकाशित

काठमाडौं । आज (मंगलबार)पनि सुनचाँदीको भाउ घटेको छ। 

सोमबार प्रतितोला पाँच हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा तीन हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। 

यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला चार हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार तीन सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।