लोकसेवा आयोगले माग्यो ३६० जना सवारी चालक

न्युजलय ३१ साउन २०८०, बुधबार ०२:०३ मा प्रकाशित

काठमाडौं । लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी मागेको छ ।

बुधबार(आज) आयोगले प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । 

सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ । 

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत् आवेदन दिनुपर्ने आयोगको सूचनामा भनिएको छ ।