क्याटरीना र विक्कीले गरे बिहे

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार १०:५८ मा प्रकाशित

काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहे गरेका छन् ।

उनीहरुले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् । यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

विक्की र क्याटरीनालाई सामाजिक सञ्जालमार्फत फ्यानहरुले बधाई दिएका छन् । बलिउडमा केही समयदेखि विक्की र क्याटरीनाको बिहेको खबरले शीर्ष स्थान पाएको थियो । यी दुईको बिहेका बारे विभिन्न खबर बाहिरिएका थिए ।

बिहेमा क्याटरीनाले रातो लेहेंगा लगाएकी थिइन् भने विक्कीले सेतो शेरवानी लगाएका थिए ।