काठमाण्डौ । भारतको छत्तीसगढस्थित सुकमामा केन्द्रीय रिजर्भ पुलिस फोर्सका एक जवानले एके ४७ फाइरिङ गर्दा ४ जना जवानको मृत्यु भएको छ।
घटनामा परी ३ जना घाइते भएका छन्। तीमध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।
घटनाका आरोपी जवानलाई हाल हिरासतमा राखिएको छ। के कारणले उनले फाइरिङ खोले कारण खुल्न सकेको छैन।
विकासखंड लिंगनपल्लीमा रहेकाव २१७ नम्बर बटालियन क्याम्पमा आइतवार राति रितेश रंजन नामक जवानले गोली चलाएका हुन्।