काठमाडौं । पोखरा र बन्दीपुरमा छायांकन गरिएको हिन्दी गीत ‘कुछ बातें’ सार्वजनिक भएको छ ।
पायल देव र जुबिन नौटियालको स्वर रहेको गीतलाई टी सिरिजले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । पायल देवकै संगीत रहेको गीतको भिडियोलाई आशिष पाण्डाले निर्देशन गरेका हुन् ।
भिडियोमा भारतीय अभिनेता गुरमित चौधरीसहित पायल, मुस्कान सेठी र साना खान फिचर्ड छन् । यसैगरी नेपाली अभिनेत्री रश्मी भट्टले पनि यो गीतको भिडियोमा अभिनय गरेकी छन् ।