इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ। १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०(१०, उदयपुर र प्रदेश १ बाहिरका १(१ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज १०१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।