काठमाडौं । सेयर बजार आज दोहोरो अंकले ओरालो लागेको छ।
आज नेप्से परिसूचक १५.४० अंकले घटेर १९८४.५७ विन्दुमा कायम भएको छ। यो ०.७८ प्रतिशत हो। बिहान प्री ओपन सेसनमा २५ अंक बढीले बढेको सेयर बजार नियमित कारोबार समय ११ बजेपछि निरन्तर ओरालो लागेको थियो।
दिनभर तीव्र उतारचढाव रहेको नेप्से कारोबार अन्तिम समयमा आएर दोहोरो अंकले बन्द भएको हो। नेप्से परिसूचक दोहोरो अंकले घटेपनि ४ अर्ब ८४ करोड २७ लाख ७४ हजार ३८६ रुपैयाँको सेयर खरिदबिक्री भयो।