काठमाडौं । नेप्से परिसूचकले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ।
नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो।
नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३०४ स्क्रिप्सको १ करोड ५० लाख २७ हजार ३७३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भए।सोमबार ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको थियो।