आजबाट सुरु हुँदै ‘द भ्वाइस किड्स’को प्रसारण

न्युजलय २६ कार्तिक २०७८, शुक्रबार ०१:४२ मा प्रकाशित

काठमाडौं । गायन रियालटी शो ‘द भ्वाइस किड्स’ शुक्रबार(आज ) बाट प्रसारण हुँदै छ। 

हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम आज साँझ ८ बजेदेखि प्रसारण हुन लागेको हो। कार्यक्रम हरेक हप्ता शुक्रबार र शनिबार साँझ ८ बजे प्रसारण हुनेछ।

६ वर्षदेखि १४ वर्षसम्मका बालबालिका सहभागी रहेको कार्यक्रमको ‘ब्लाइण्ड अडिसन’ आजबाट सार्वजनिक हुँदै छ। २० भागसम्म प्रसारण हुने कार्यक्रममा ब्लाइण्ड अडिसनपछि बेटल अडिसन हुँदै दर्शकको भोटको आधारमा प्रथम छानिनेछ।

कार्यक्रममा कोचको रुपमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार रहेका छन्। ‘द भ्वाइस अफ नेपाल’ निर्माण गरेकै समूहले यो कार्यक्रम निर्माण गरेका छ।