देशभर आज थप १५ जनामा कोरोना पुष्टि

न्युजलय २७ कार्तिक २०७९, आइतबार ०५:४५ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो । 


मन्त्रालयका अनुसार कुल नमुनामध्ये ७ सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यस अवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।