ओखलढुंगा । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सुनकोशी गाउँपालिका–९ काँडेभञ्याङ नजिकै सोमबार (आज) बिहान जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।दुर्घटनामा १३ जना घाइते छन्।
घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई काठमाडौं लैजाने तयारी भएको जनाएइको छ । प्रदेश ३–१०२२–च९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ। मृतकहरूको खनाखत भइसकेको छैन।