काठमाडौं । काठमाडौंबाट प्रहरीले ११ जना अफगानी नागरिकलाई पक्राउ गरेको छ।
सिनामंगलको एक होटेलबाट उनीहरूलाई सोमबार(आज) बिहान पक्राउ गरिएको जनाइएको छ । सिनामंगलको एक होटेलमा विदेशी नागरिक लुकिछिपी बसेका छन् भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको सिआइबीले जनाएको छ ।
अफगानिस्तानमा तालिवानले सत्ता लिएपछि देश छोड्नेको संख्या बढेको छ। उनीहरू पनि त्यही क्रममा भारत हुँदै नेपाल प्रवेश गरेको देखिएको छ।
उनीहरूको साथबाट भारतीय कागजात पनि प्रहरीले बरामद गरेको छ। ती कागजातबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।