१२ वर्षीया बालिका बलात्कृत

न्युजलय १८ साउन २०८०, बिहिबार ०१:२७ मा प्रकाशित

काठमाडौं । भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बलात्कार आरोपमा रूकुम मुसिकोट नगरपालिका–३ घर भइ काठमाडौं थापागाउँ बस्ने १९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

 आरोपित युवकले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।