काठमाडौं । अमेरिकाको म्याडिसनस्थित एक क्रिश्चियन विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक शिक्षिका, एक छात्र र गोली चलाउने छात्रा छन् ।
म्याडिसन प्रहरीले दिएको जानकारी अनुसार सोमबार बिहान १५ वर्षीया छात्राले गोली चलाएकी थिइन् । पछि उनी आफैं मृत भेटिएकी थिइन् । प्रत्यक्षदर्शीका अनुसार गोली चलाइसकेपछि उनी आफूले आफैंलाई गोली हानेकी थिइन् ।
घटनामा दुई जना गम्भीर र दुई जना सामान्य घाइते छन् । उनीहरुको उपचार जारी छ ।