साफ फुटबलमा आज उपाधिका लागि नेपाल र भारत खेल्दै

न्युजलय ३० असोज २०७८, शनिवार १२:४९ मा प्रकाशित

काठमाडौँ । साफ फुटबलअन्तर्गत आज उपाधिको लागि भिडन्त हुँदैछ ।

नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ ।

नेपाल साफ च्याम्पियनसीपमा पहिलो पटक उपाधि नजिक पुगेको हो । भारतले भने १३ औं संस्करणसम्ममा ७ पटक उपाधि जितिसकेको छ ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो ।

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेकोछ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको छ ।

यसअघिका २२ खेलमा नेपालले भारतसँग १४ हार, ५ जित र २ खेल बराबरी गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा पनि भारतले नेपाललाई १–० ले हराइसकेको छ ।