इटहरी । शिक्षाविद् तथा समाजसेवी रामप्रसाद काफ्लेको जीवनीमा आधारित पुस्तक 'सेवाका सारथी'को लोकार्पण गरिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मोरङको सुन्दरहरैंचा ५ नयाँ वृन्दावन गौशालामा आयोजित एक कार्यक्रमका बिच लोकार्पण गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रा. डा. टंकप्रसाद न्यौपानेलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो । उक्त पुस्तकका बारेमा डा. दीपक न्यौपानेले चर्चा गरेका थिए ।
काफ्ले सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुन् । यस्तै दुलारी आदर्श गाउँ पञ्चायको दुई कार्यकाल प्रधानपञ्च समेत भएर काम गरिसकेका काफ्लेको जीवनी साहित्यकार अनिल पौडेलले लेखेका हुन् । नयाँ वृन्दावन गौशालाकी अध्यक्ष गंगादेवी काफ्ले पुस्तकको प्रकाशक हुन् । उक्त पुस्तक बिक्रीबाट हुने आम्दानी नयाँ वृन्दावन गौशालाको कोषमा राखिने गौशालाका संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्रीले बताए ।