काठमाडौं । बुधबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको हो।
महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७४५ रुपैयाँ तोकेको छ ।