सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा रामधुनीका विशालको मृत्यु

न्युजलय ३२ असोज २०७८, सोमबार ०८:३३ मा प्रकाशित

सुनसरी । सुनसरीको कोशी गाउँपालिका ३ स्थित सडकमा प्र ३ ०१ ०२४ च ४२६७ नम्बरको गाडीले को ५ प ७९१६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रामधुनी नगरपालिका १ सैनिमैनी बस्ने २४ वर्षीय विशाल चौधरीको मृत्यु भएको छ ।


ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।


दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय रोहित चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ भने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।