कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ मा ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । छिमेकका १४ वर्षे बालकले उनलाई बलात्कार गरेको बताइएको छ । शुक्रबार साँझ घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि शुक्रबार नै प्रहरीले आरोपी बालकलाई नियन्त्रणमा लिएको छ ।पीडित बालिकाको बुटवल प्रादेशिक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।