काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। सोमबार सुनको मूल्य तोलामा एक हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, सोमबार चाँदीको मूल्य भने १० रूपैयाँ बढेको छ।
आइतबार प्रतितोला चार हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार आठ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।