इलाम २ मा एमालेका सुहाङको अग्रता

न्युजलय २३ फाल्गुण २०८२, शनिवार १२:४० मा प्रकाशित

इलाम। इलाम क्षेत्र नं. २ मा नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्बाङले १० हजार १४१ मतसहित अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राई ७२० मतान्तरले पछि छन्। सुदीपले नौ हजार ४२१ मतसहित सुहाङलाई पछ्याइरहेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य पाँच हजार ४६० मत ल्याएर तेस्रो स्थानमा छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले दुई हजार ३७० मत ल्याएका छन्।