एक दिन सार्वजनिक बिदा थपिँदा मासिक १८ लाखको इन्धन खर्च जोगिने

न्युजलय १५ बैशाख २०७९, बिहिबार ०१:२७ मा प्रकाशित

काठमाडौ । सरकारले इन्धन खर्च जोगाउन भन्दै जेठ १ गते देखि हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । 

 

सार्वजनिक खर्च र इन्धनमा कटौती गर्न सरकारले हप्तामा २ दिन बिदा दिन लागेको हो । हप्तामा थप १ दिन सार्वजनिक बिदा दिएमा महिनाभर करिब १८ लाख इन्धन खर्च जोगिने अर्थ मन्त्रालयको आँकलन छ ।