ललितपुरमा एक जर्मन महिला मृत फेला

न्युजलय १५ माघ २०८०, सोमबार ११:५५ मा प्रकाशित

काठमाडौँ । ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन्। 

सोमबार(आज) बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महिलाको सनाखत भइसकेको छैन। उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ।

अहिले ललितपुरका एसएसपी शेखर खनाल अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्। महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन।