आभासको कविता संग्रहको लोकार्पण सम्पन्न

न्युजलय २३ माघ २०७८, आइतबार ०९:३६ मा प्रकाशित

इटहरी । कवि समर चेम्जोङ (आभास)को कविता संग्रहको लोकार्पण गरिएको छ । ५५ वटा कविताको सङ्ग्रह  ‘नीलो परदेश’ लोकार्पित गरिएको हो । 

प्रकाशक सगरमाथा साहित्य प्रतिष्ठानले इटहरीमा गरेको कार्यक्रममा कवि मनु मन्जिलले टिप्पणी गरेका थिए । केही वर्षदेखि युएईमा बस्दै आएका कवि आभासले आफ्नो कविता कर्मबारे चर्चा गरेका थिए । 

गीतकार किरण टी लिम्बुको सभापतित्व तथा प्राध्यापक बद्रीविशाल पोखरेलको मुख्य आतिथ्यमा भएको सो कार्यक्रममा पत्रकार कृष्णविनोद लम्साल, कविहरू जिपी तिवारी, टीका आत्रेयलगायतले बोलेका थिए । संस्थाको गतिबिधिका बारेमा नेपाल शाखाका संरक्षक जि पि तिवारीले आफ्ना भनाईहरु राखेका थिए ।