प्रि ओपनमा ११.६३ अंक बढ्यो नेप्से

न्युजलय ९ माघ २०७८, आइतबार ०४:५९ मा प्रकाशित

काठमाडौं । आइतबार(आज) को प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ।

नेप्से आजको  सो सेसनमा ११.६३ अंक बढेर २९४२.९७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि १.५९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा ३४ कम्पनीको ८३ लाख ८४ हजार ३६० रुपैयाँ ७९ पैसा बराबरको १३ हजार १८१ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएकामध्ये २५ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा चार कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ।