काठमाडौं । सोमबार(आज) सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ ।
चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा १ हजार १२५ रुपैयाँमा कारोबार भएको थियो ।