काठमाडौं । आधा किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
कतारको दोहा हुँदै काठमाडौं आएको ४२ वर्षीय मोहम्मद चेरा थोडी छन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । उनको साथबाट ५३६ ग्राम सुन बरामद भएको प्रहरीले बताएको छ ।
उनलाई सुनसहित प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ ।