काठमाडौं । आइतबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ विन्दुमा अडिएको छ।
यसदिन ३१४ स्क्रिप्सको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता सेयर ७ अर्ब ६० करोड ९५ लाख ४२ हजार २१२ रुपैयाँमा खरिदबिक्री भए।
घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर १० प्रतिशतले बढ्यो।