घट्यो सुनचाँदीको भाउ

न्युजलय ३ मङ्सिर २०७८, शुक्रबार ०६:११ मा प्रकाशित

काठमाडौं । सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा १०० र चाँदीको भाउ पाँच रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ९४ हजार ४०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९३ हजार ९०० कायम भएको महासंघले जनाएको छ ।

यस्तै, चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम गरिएको छ ।