नेप्से १०.२९ अङ्कले घट्यो

न्युजलय २० पुस २०८२, आइतबार ०४:०७ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो ।

आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।