२०७८ साल कार्तिक ७ गते अाईतबार

धिक्कार छ ! देशको भूभाग गुमाउनु पर्ने स्वार्थको मौन पत्रकारिता

ऋतु आषिक १९ असोज २०७८, मङ्गलबार १०:३३ मा प्रकाशित

“असंग्लताको नीतिलाई हामीले अँगालेको कारण नै विश्व शान्तिको सम्भावना यसैमा देखेर हो । हामी आफ्नो सुरक्षाको लागि शान्ति चाहन्छौँ भने आफ्नो स्वतन्त्रता र विकासको लागि पनि शान्ति नै चाहन्छौँ । वास्तवमा भन्ने हो भने नेपालले आफ्नो दुवै छिमेकी मित्रराष्ट्रहरुसँग शान्ति र मैत्रीको सन्धिमा औपचारिक रुपले नै गरिसकेको थियो । हाम्रो जनता हाम्रो मुलुकमा छरछिमेकमा र विश्वमा जताततै हृदयदेखि शान्ति चाहने भएकोले हामीले शान्तिलाई सर्वोपरि स्थान दिएका छौँ, त्यसैले शान्तिलाई संस्थागत गर्न त्यही उत्कंठ अभिलाषाले प्रेरित भएरै म मेरो मुलक नेपाललाई शान्तिक्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताव राख्दैछु ।”

– श्री ५ वीरेन्द्र, १३ फाल्गुण ०३१

राजा वीरेन्द्रद्वारा आफ्नो शुभ राज्यभिषेकको अवसरमा विश्वका ५७ राष्ट्रका राष्ट्राध्यक्ष,

प्रधानमन्त्री एवम् विशिष्ट पाहुनाहरु समक्ष राखिएको नेपालको शान्तिक्षेत्र प्रस्ताव

देश यसबेला आफ्नै देशवासीबाट पनि प्रताडित र अपहेलित भएको छ । राष्ट्रिय स्वार्थका लागि एकीकृत हुनुपर्ने नेपाली पत्रकारहरु विभिन्न प्रारुपमा खडा भएर आफ्ना पहिचान बनाएका एमालेका पार्टीका नेताहरु सबैको केन्द्रविन्दु लैनचोर हेडक्वाटर्सबाट परिचालित भएका छन् । नेपाल पत्रकार महासंघलाई राष्ट्रियता चासो विषयमा देशभरिका पत्रकारहरुलाई एक ढिका बनाएर भारत सरकारद्वारा युद्धस्तरमा हाम्रा भूमिहरु लिम्पियाधुरा, लिपुलेक, कालापानी माथिको हैकमी, दादागिरी शैलीमा हड्पीरहेको छ । ती क्षेत्रमा बाटो निर्माण गरेर हेपाहा प्रकृतिको दुष्टाइ देखाइरहेको छ । हाम्रो सार्वभौम सत्ता माथि सिधै हस्तक्षेप हुँदा पनि नेपाल पत्रकार महासंघको मौनता ? बुझि नसक्नुको यस किसिमको घृणित प्रवृत्ति प्रति देशभरिका पत्रकारहरु पत्रकार महासंघको यो घृणित, निम्छरो प्रवृत्ति प्रति देशभरिका पत्रकारहरुले देशप्रतिको निष्ठा आवाजलाई बुलन्द गरिनुपर्छ ।

दुःख लाग्दो कुरा त के छ भने मुलुकभरिका पत्रकारहरु यसबेला विभिन्न पार्टीका व्राण्ड झोले पार्टीमा आफूलाई तैनाथी गराएका छन् । यी सबैको गन्तव्य तथा लैनचोर हेडक्वाटर्सबाट यिनीहरु भरणपोषण आशीर्वादका पार लगाइमा राष्ट्रिय स्वाभिमान स्वार्थमा साटिरहेका छन् ।

(क) ओली समूह (नेकपा एमाले) ब्राण्डका पत्रकारहरु

(ख) प्रचण्ड समूह (माओवादी) व्राण्डका पत्रकारहरु

(ग) माधव समूह (नेकपा एमाले) ब्राण्डका पत्रकारहरु

(घ) नेपाली काँग्रेस समूह (शेरबहादुर) ब्राण्डका पत्रकारहरु

(ङ) नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ

लिम्पियाधुरा, लिपुलेक, कालापानी तथा भारतद्वारा नेपालको भूमि नाङ्गो हस्तक्षेप गरेर युद्धस्तरमा बाटो बनाएर त्यस सडकलाई चालू गरेको उद्घाटन पनि भारत सरकारले गरेको छ । यी मासथका आवद्ध समूह तथा नेपाल पत्रकार महासंघ जस्तो गरिमामय संस्थाबाट देशको सार्वभौमिकता अखण्डतामाथि यस किसिमको घृणित नाङ्गो हस्तक्षेप हुँदा पनि मौनता साध्नु, संयुक्त राष्ट्रसंघ काठमाडौँ स्थित कार्यालयमा विरोधपत्र समेत नजनाउनु तथा आम पत्रकारहरुलाई भारतीय सरकारको नाङ्गो हस्तक्षेपका विरुद्धमा देशभरि कार्यव्रmम संचालन नगर्नुका पछाडि ती माथिका आवद्ध संस्थाहरु प्रति अम्लो ठड्याउने प्रशस्त ठाउँ छ । राष्ट्र भन्दा कहिले पनि व्यक्ति र पार्टी हुन सक्दैन । आम पत्रकारहरु जो देशभक्त छौँ राष्ट्रप्रति जिम्मेवार हुनका लागि आफ्ना–आफ्ना ठाउँ र क्षेत्रबाट हाम्रा आवाजहरु बुलन्दपूर्ण घन्काउइनु पर्छ । राष्ट्र हाम्रो धुकधुकी र प्राण हो । राष्ट्र रहे मात्र हामी रहन्छौ । राष्ट्रको अखण्डता माथि घात प्रतिघात हुँदा हामी कसरी सुस्ताउन सक्छौ ? कसरी चैनसँग निदाउन सक्छौँ ।

लैनचोरबाट संचालित विभिन्न ब्राण्डका पत्रकारहरु

(क)ओली समूह ब्राण्डका पत्रकारहरु :–

यो समूह व्राण्डका पत्रकारहरुको नियुक्ति विभिन्न प्रदेशमा कोटाहरुको नियुक्ति तथा पेशागत हिसाबले ओली समूहप्रति बफादार राख्नका लागि संरचित ग्याङ भन्न सकिन्छ । ओली समूह पेशागत पत्रकारको आवरणमा लगाई अराएको कार्यमा चलखेलको निरन्तरताका त्यसलाई पुष्टि गर्ने खेतालाको प्रारुपमा संचालित गरिएका हुन्छन् । ओलीको इशारा र संकेत बमोजिम नेपाली पत्रकारितालाई तल्लो स्तरमा गिराउनु र ओली सरकारका घृणित करतुत तथा देशप्रति गरिएका घात प्रतिघात प्रति ढाकछोप गरिरहनु र आफ्नो स्वार्थ अनुकूलता अनुरुपमा पद, पैसा सहुलियत प्रति आफ्नो पडक राखिरहनु विशेषता हुन् । यी व्राण्डका पत्रकारहरु देशप्रति घात प्रतिघात हुँदा चूँ सम्म बोल्दैनन् । भारतीय सरकारको नाङ्गो हस्तक्षेपलाई घुमाउरो तरिकाले समर्थन जनाउनु ओली प्रतिको वफादारी निर्वाह गर्दै देशप्रति वेपरवाह तथा वेवास्ता रहनु नै यो समूहको आज्ञा शिरोधार्य हो ।

राधाकृष्ण मैनाली तत्कालीन माले कमिटि निर्माणमा अहम् भूमिका निर्वाह गर्नुका साथै ओलीलाई जेलमा स्यार सम्भार तथा उनको गुहु पनि धोइदिन नहिचकिचाउने तथा माक्र्सवादप्रतिको अथाह लगाव र कम्युनिष्ट साथीहरुलाई बचाउनु पर्छ भन्ने भावनाको अविरलताको कारण के.पी. ओली निर्माणका अहम् भूमिका छ । राधाकृष्ण मैनालीले भनेका छन् – महाकाली वेच्दा पाएको पैसाले पाटीै भित्र गुट खडा गरेका के.पी. ओलीको टर्निङ्ग पोइन्ट महाकाली सन्धि हो ।

(ख) प्रचण्ड समूह (माओवादी) व्राण्डका पत्रकारहरु :–

देशभक्त नेपाली तथा नेपाली पत्रकारहरुमा ‘प्रचण्ड’ के हुन् भन्ने कुरा भ्रम रहेन । अझ उनको पछिल्लो अभिव्यक्ति ‘कम्फोरटेवल सरकार’ भारतको निम्ति बनाउन चाहन्छन् । प्रचण्डप्रति भए गरिएका पत्रकारहरु नाम मात्र तथा पत्रकारको खोल ओढेर भारतीय सरकार तथा देशभक्त नेपाली जनता र देशप्रति गद्दारी गरिने आसयबाट तथा प्रचण्डका राष्ट्रघात अपराध तथा कम्युनिष्ट आन्दोलनलाई विभिन्न कोणबाट वदनाम गराउने किसिमबाट भारतीय सरकारको ‘रअ’ तयार गरिएको भारतमै पालित पोषित तथा निर्देशित प्रचण्डको छुट्टै छवि हुन सक्तैन । यी भनेको राष्ट्रप्रति जे जस्तो घात गरे पनि भारतप्रति वफादार कार्य र व्यवहार पनि त्यसै अनुरुप गरिरहेका छन् । भारतीय ‘र’ को मार्गचित्रमा नेकपा माओवादीको गठन पुर्नगठन आदि नाप नक्शा बारे जानकारी उद्घाटित भएको छ ।

यी ब्राण्डका पत्रकारहरुलाई लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि भारतीय थिचोमिचो प्रति वेपरवाह छन् । देश दुखेको बेला यी पत्रकारहरु मनमुटु कहिले दुख्दैन । प्रचण्डको स्वार्थको परिपूर्तिका लागि अझ भन्नुपर्दा भारतीय शासकको मनोकांक्षालाई मलजल दिन तथा प्रचण्डको माओवादी शैलीलाई दिग्भ्रमित गरेर नेपाली जनतालाई धोखा तथा देशप्रति गद्दारीका चौका हानी रहनु हो । यस किसिमको घातक व्यवहारबाटै यिनीहरु निर्देशित भएका छन् । यो समूहले नेपाली कम्युनिष्ट आन्दोलनलाई विभिन्न टाटो पाटे भाषा बोलेर भारतीय सरकार प्रति पूर्ण वफादारको भाषा बोल्दै त्यसै अनुरुप नेपाल कम्युनिष्ट पार्टी प्रचण्डको कमाण्डमा आफूलाई सुर्पुदगी तथा त्यसको निरन्तरताको लागि आफूलाई लागि परिरहनु सिवाय अर्को विकल्प नभएको कुरा प्रकाशमा आएका छन् । नेपाली कम्युनिष्ट आन्दोलनलाई विभिन्न व्राण्डमा छुट्याएर अन्ततः भारतीय सरकारद्वारा लैनचौर प्रति वफादार हुने व्रmममा निर्देशन जारी गरेका छन् । यस किसिमका देशद्रोही ग्याङले गर्नु पर्ने पनि कार्य यही हो ।

(ग) माधव समूह (नेकपा एमाले) व्राण्डहरु :–

दास दुर्घटनामा मदन भण्डारीको असामयिक मृत्यु हत्या तथा उनको मृत्यु र हत्याका ओहपोहमा भरखरै उनको हत्या भएको खुलासा भएको छ । ती खुलासा ढिलो चाँडोको शंकाको सूई आखिर भारतीय सरकारतिर ठोकिन्छ । मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका ससक्त नेताको रुपमा आफूलई पहिचान बनाउनुका साथै एउटा देशभक्त नेताको रुपमा आफूलाई स्थापित गरिसकेको संयोग थियो । नेपाली कम्युनिष्ट आन्दोलनलाई आफ्नै देशको बलबुताबाट उठाउनुपर्छ । यसको संरक्षण र विकासका लागि आफूलाई शक्ति संचय गर्दै कम्युनिष्ट आन्दोलनप्रति नै उभारका लप्काहरु उराल्दै गरेको अवस्था थियो । मदन भण्डारी देशको राजनीतिमा आफूलाई छुट्टै पहिचानको रुपमा उठाएका थिए । माधव नेपालले एक पटक मदन भण्डारीसँग राजतन्त्र अन्तको लागि भारतीय सरकारको सहयोग लिएर यसको उन्मूलनका लागि सबै किसिमको सहयोगको चाजोपाचो मिलाइने आदि कुराहरुलाई राजतन्त्र उन्मूलनका लागि भारतीय सरकारी सहयोगको पटाक्षेपलाई फेरि नखोल्न माधव नेपाल प्रति मदन भण्डारी शक्तसँग पेश भएको कुरा आएका थिए ।

संयोगका कारण मदन भण्डारी दासढुङ्ग हत्याकाण्डको रुपमा यसले आफ्नो प्रारुप देखायो । मदन भण्डारीका मृत शरीरलाई चेकजाँचको व्रmममा ३।३ दिन पानीमा डुबाएको पाइएको लाशको फोक्सोमा पानी नपाइएको, उनको हत्या गरेर नदीमा हालिएको खुलासा भएको छ । यस किसिमका घटनालाई भविष्यले खोतल्ने कुरा पनि यसकै गर्भ भित्र रह्यो । राष्ट्र राजनीतिमा मदन भण्डारीको उचाइ तथा त्यसै प्रारुपसँग उठाइएको नेपाल कम्युनिष्ट पार्टीको विरासत पनि उनको अवसान सँगै नेकपा एमालेका वरालोका दुर्दिनहरुका सुरुवात भएका श्रृङ्खला लामबद्ध भएका छन् ।

वल्ल आयो चेत प्रधानमन्त्री भन्छन् ‘नेपालले मलाई फसाए’ सम्मेलनमा नेता नेपालको सक्रयता शंकास्पद थियो । ओलीका अनुसार नेता नेपालले ६ महिना अघि कार्यक्रममा सहभागी भइदिन आग्रह गरेका थिए । नेपालको आग्रहलाई आफूले युनिभर्सल पिस फेडरेशन नेपालका अध्यक्ष एवम् परिवार दलका नेता एकनाथ ढकाललाई भेटेको दावी ओलीको छ ।

युनिफिकेशन चर्चा एशिया प्यासिफिक समिट २०१८ (काठमाडौँ) सम्पन्न भए सँगै माधवकुमार नेपाल र प्रधानमन्त्री के.पी. शर्मा ओलीको छवि धेरै ठूलो धक्का पुगेको छ । माधव नेपाल इसाइको स्थायी र भित्री सहयोगी रहेको तथ्य सार्वजनिक हुन पुगेको छ भने प्रधानमन्त्री ओलीले एकलाख अमेरिकी डलर नगद पुरस्कार र अढाइ तोला सुनबाट बनेको एवार्ड पाएर पनि जनताको दृष्टिमा सम्मानित हुनका सट्टा उनको सम्मान खस्किएको छ । प्रधानमन्त्री बनेको दश महिनामा ओलीको छविमा सबैभन्दा ठुलो धक्का यसै घटनाले पु¥याएको छ ।”

(घटना विचार १९ बुधबार मङ्सिर २०७५)

देशलाई सिध्याउनका लागि नेपाल कम्युनिष्ट पार्टी भित्र छिरेर त्यसमा सर्वोच्चतता हासिल गरेर देशलाई क्षत विक्षत बनाउन तथा देशलाई सिध्याउने खेलको दौडको भूमिकालाई नकार्न सकिन्न । अर्कोतिर यस किसिमका व्राण्ड पत्रकारहरुको लावालस्कर लगाएर त्यसको हौवामा लागि परेका तथा देशप्रति घात प्रतिघातमा आफ्नो स्वार्थका लागि देश र जनताप्रति गद्दारी गर्ने पत्रकारहरुको समेत चिनारी तथा तिनीहरु प्रति उचित पर्दाफास गरिनु अब ढिलाइ गरिनु हुन्न ।

(घ) नेपाली काँग्रेस समूह (शेरबहादुर) ब्राण्डका पत्रकारहरु :–

नेपाली काँग्रेसका कतिपय सांसादहरु कतिपय शुभेच्छुक पत्रकारहरुलाई के कुरा थाहा नहुन सक्छ भने नेपाली काँग्रेसका शेरबहादुर देउवालाई नेपाली काँग्रेसको सभापति बनाउनका लागि तत्कालीन भारतीय दूतावास लैनचौरमा जिम्मेवार व्यक्तिहरु सभापतिलाई जिताउन लागि परेका थिए । यस किसिमको माहौल तथा लैनचोरको मलजलका कारण अन्ततः नेपाली काँग्रेसको सर्वोच्च पद सभापतिमा शेरबहादुर देउवाको आसिन भएको कुरा नेपाली काँग्रेसका लागि नयाँ कुरा नहुन सक्छ । यसरी नेपाली काँग्रेसको सभापतिदेखि कार्यकारिणी समिति निर्माणमा लैनचोरले आर्थिक श्रोतको खोलो बगाउने र लैनचोर अनुकूल सधैँ आफ्नो भूमिका अनुरुप प्रयोग गर्दै गरेको खुलासा भएको छ । नेपाली काँग्रेस समूहका पत्रकारहरु विशेषत राष्ट्रियता सम्बन्धी सवालमा उनीहरुको मौनता नै देखिन्छ । लिपुलेक, लिम्पियाधुरा, कालापानी जस्ता संवेदनशील सवालमा उनीहरुको मौनता किन ?

(ङ) नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ :–

नेपाल पत्रकार महासंघ एउटा यस्तो संस्था हो । जसले कहिले पनि आफूलाई राष्ट्रप्रति समर्पित तथा देशभरिका पत्रकारहरुलाई संगठनका सवालमा एक ढिकाको रुपमा आफूले राख्नुपर्छ । नेपाल पत्रकार महासंघका आवद्ध पत्रकारहरु भनेको राष्ट्रको सचेत अग्रिम दस्ता हो । राष्ट्रको सुरक्षाको निम्ति प्रहरी, सेनासँग हातेमालो गरेर आफ्नो कर्तव्यनिष्ठता जाहेर गर्न आफ्नो ज्यानलाई समेत बलिदान दिनमा कुनै पनि बेला तयार हुनुपर्छ । पत्रकार भनेको अग्रिम दस्ता कलमको सिपाही हो । प्रहरी र सेनालाई राष्ट्रिय सचेतना तथा छिन—छिनका सतर्कताहरुका सन्देश प्रवाहित गर्नु देशभक्त पत्रकारहरुका लागि नैतिक जिम्मेवारी हो । मुलुक भित्र भइरहेका शासन व्यवस्थाका त्रुटीहरु औँल्याउनका लागि, त्यसलाई दुरुस्त पार्ने सवालमा सहायकको भूमिकामा पत्रकारहरुको दायित्व हो । मुलुक भित्र रहेका विभिन्न पार्टीका व्यक्तिहरुको संदिग्ध चरित्रप्रति उदाङ्गो पारेर, ती देशद्रोहीलाई आम जनता समक्ष पेश गर्नुपर्छ ।

संसदले एक्यवद्धता जनाउदै चुच्चे नक्सा पास ग¥यो । भारतद्वारा अतिव्रmमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि वर्षौदेखि हड्पेर भोग चलन गरिरहेको थियो । युद्धस्तरमा सडक निर्माण गरिरहेको थियो । भारत सरकारको यस किसिमको मिचाहा व्यवहारप्रति नेपालका ७७ जिल्लामा नेपाल पत्रकार महासंघको अगुवाइमा भारत सरकारको हेपाहा तथा थिचोमिथो प्रवृत्ति प्रति विरोध प्रदर्शन तथा अन्तर्राष्ट्रिय जगतका पत्रकारहरुको ध्यान आकर्षण गर्नुपर्ने, देशव्यापी रुपमा कार्यक्रम गर्न नेपाल पत्रकार महासंघका केन्द्रीय कार्यालयलाई के कारणले छेक्यो ? अझै राष्ट्रिय सवाल तथा राष्ट्रप्रति थिचोमिचो हुँदा उसको मौनता किन ? नेपाल पत्रकार महासंघको मौनताले के कुरा स्पष्ट हुँदै गइरहेको छ भने भारतीय शासन व्यवस्थाद्वारा गरिएको अतिव्रmमणको लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय पनि त्यतिकै जिम्मेवार छैन ? अधिराज्यव्यापी रुपमा भारतीय सरकारको विस्तारवादी रुपको धज्जी उडाउनु पर्ने कुरा नेपाल पत्रकार महासंघको दायित्व हो । नैतिक जिम्मेवारी हो । पत्रकार भनेको देशको स्वतन्त्रताका लागि कलम बोकेर लड्ने अग्रिम दस्ताको स्वतन्त्र सेनानी पनि हो । विश्ववासी समक्ष छिमेकी भारतले हाम्रो देशप्रति गरिएका अतिक्रमण, हाम्रो भूमि कब्जा गरेर सडक निर्माण गरिएको कुरा, अन्तर्राष्ट्रिय जगतमा यी कुराहरुलाई किन भन्दैनौ ? नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय पदाधिकारी राष्ट्रियताका सवालमा किन कर्तव्यनिष्ट हुँदैनन् ? किन उनीहरुलाई देश दुख्दैन । छिमेकीले नागरिकता प्रकरण आदि वारे समय–समयमा समस्या खडा गरिरहेको छ । यस किसिमको अतिक्रमणको वेला उसको मौनतालाई हामीले शंकाको दृष्टिकोणले किन नहेर्ने ? देशको भूमि अतिक्रमित हुँदा नेपाल पत्रकार महासंघवका पदाधिकारीहरु हो ! तिमीहरुको मुटु दुख्दैन । देश हार्दै गर्दा देश दिनदिनै खुम्चिरहदा मन पिरोलिदैन ? यदि देशको सार्वभौम छिमेकीले लुटिरहदा हामी किन चुप हुन्छौँ ? हामी आफ्ना विरोध किन जनाउँदैनौँ ? अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ आवद्ध भएकाहरु हो ! छिमेकीले राष्ट्रप्रति भूमि हस्तक्षेपलाई टुलुटुलु हेरेर पारिबाट प्राप्त हुने भरण पोषण गरेर देशप्रति घात प्रतिघात गरिरहेका छौँ । त्यसका लागि तिम्रै सन्तानले धिकार्ने छ । देशका भूमि लुटिदा तिम्रो स्वार्थको लागि देशले आफ्नो भूमि गुमाउनु पर्ने तिमी जस्ता पत्रकारहरुलाई धिक्कार छ ।