बाजुरामा आधा घण्टा नबित्दै बझाङमा अर्को भूकम्प

न्युजलय १६ असोज २०८०, मङ्गलबार ०९:३८ मा प्रकाशित

काठमाडौं । आज दिउँसो २ बजेर ४२ मिनेट जाँदा बाजुरामा भूकम्प गएको छ । 


भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार तलकोट केन्द्रविन्दु बनाएर पाँच दशमलव तीन रेक्टरको भूकम्प गएको हो । 


भूकम्प गएपछि सदरमुकाम मार्तडी बजारमा भागदौड र हल्ला मच्चिएको छ । भने त्यसको आधा घण्टा नबित्दै फेरि अर्को भूकम्प गएको गएको छ । 

दिउँसो ३ः०६ मिनेटमा बझाङ जिल्लाको चैनपुर केन्द्रबिन्दु भएर सो भूकम्प भएको भूकम्पविद् डा. लोकविजय अधिकारीले बताए । भूकम्पले के–कति क्षति भयो भन्ने विवरण भने आइसकेको छैन।