जोगबनीमा विराटनगरका संजय राईको शव फेला

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०९:१४ मा प्रकाशित

विराटनगर । विराटनगर नजिकैको भारतीय बजार जोगबनीमा एक नेपालीको शव फेला परेको छ। 


विराटनगर ५ कोचाखालका ४५ वर्षीय संजय राईको शव जोगबनीस्थित रेल–वे स्टेसननजिकैको खोला किनारमा भेटिएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिएका छन् । 

 

राईको शव भेटिएपछि भारतीय प्रहरीले नेपाल प्रहरीलाई जानकारी गराएका थिए।


शवको प्रकृति हेर्दा बाढीले बगाएर राईको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। घटनाको विषयमा थप छानबिन सुरु गरिएको एसपी जिसीले बताए।