महावीर पुन मन्त्री बन्दै

न्युजलय २६ जेठ २०८३, मङ्गलबार ०२:०९ मा प्रकाशित

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । राष्ट्रपति कार्यालयले उनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीको रूपमा शपथ गर्नेगरी पत्र प्राप्त भएको बताएको छ ।

स्वतन्त्र सांसद पुन मन्त्री बनेसँगै रास्वपाको संसदमा एक सिट बढेर १ सय ८३ हुनेछ । प्रतिनिधि सभामा रास्वपाको दुई तिहाई बहुमतका लागि अब मात्र एक सिट अपुग हुनेछ  ।

यसअघि उनी सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्‍मा शिक्षामन्त्री बनेका थिए । पुन म्याग्दीबाट निर्वाचित भएका थिए । 

आजै गृहमन्त्रीमा सुधन गुरुङले समेत शपथ लिँदैछन् । उनीहरूको मंगलबार अपराह्न साढे ४ बजे शपथको कार्यक्रम तय भएको छ ।