काठमाडौँ । बिहीबार सेयर बजार झिनो अंकले बढेको छ।
बिहीबार नेप्से परिसूचक ४.६३ अंकले बढेर २५८६.२३ को विन्दुमा बन्द भएको हो।
बजारमा आज ४ अर्ब ६० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। आज सर्वाधिक कारोबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भएको छ।