काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले शनिबार आईसीसी टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल तालिका सार्वजनिक गरेको छ ।
यहिँ कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुने छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा नेपालले कात्तिक १४ गते मलेसिया र कात्तिक १६ गते ओमानसँग खेल्नेछ । नेपाल रहेको समूह 'ए' मा सिंगापुर, ओमान र मलेसिया छन् । समूह 'बी' मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
यस छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्न पाउने छन् ।