काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।
विज्ञप्ति जारी गर्दै निगमले शनिबार रातिदेखि समायोजित मूल्य लागू हुने जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा साबिकको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १४५ कायम हुनेछ भने डिजेल र मट्टीतेलको मूल्य १२८ रुपियाँ कायम हुनेछ ।