विद्यार्थीलाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

न्युजलय ३ माघ २०७८, सोमबार ०१:२७ मा प्रकाशित

खोटाङ । आफ्नै विद्यार्थीलाई जबरजस्ती गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । रावावेसी गाउँपालिका २ खार्पास्थित भाषा आधारभूत विद्यालयका शिक्षक ३१ वर्षीय किशोर पोखरेल पक्राउ परेका हुन् । 


आफूमाथि पटक(पटक करणी भएको भन्दै पीडित किशोरी र उनका अभिभावकले उजुरी दिएपछि पक्राउ गरी आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान बढाइएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।


पोखरेललाई उदयपुरमा पुस ३० गते पक्राउ गरिएको डिएसपी लम्सालले बताए । उनका अनुसार जाहेरीपछि इलाका प्रहरी कार्यालय उदयपुरस्थित रामपुर, ठोक्सिलाले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय खोटाङलाई बुझाएको हो ।


डिएसपी लम्सालका अनुसार किशोरीलाई भदौ ९ गते, असोज ६ गते र मङ्सिर १३ गते करणी गरेको पीडितले जाहेरी दिएकी छन् ।