दुहबी ग्रीड सञ्चालनमा ल्याउने प्रयास जारी

न्युजलय ३ कार्तिक २०७८, बुधबार १२:५२ मा प्रकाशित

इटहरी । नेपाल बिद्युत प्राधिकरण दुहबी गृड शाखामा पानी पसेपछि मंगलबारदेखि पूर्वी नेपालको विद्युत् अवरुद्ध छ । २०७४ सालमा पनि यस्तै बाढी गएको समयमा चार दिनपछि मात्र विद्युत् आपूर्ती नियमित भएको थियो ।

यसपटक पनि लगातारको वर्षा र छेवैमा रहेको बस्ता खोलाको बाढीले ग्रीड डुबाएपछि पानीलाई निकास दिएर विद्युत् आपूर्ती सहज बनाउने प्रयास भइरहेको छ । बस्ता खोला मिचेर सडक बनाइएपछि ग्रीड डुबानमा परेको स्थानीय बताउँछन् ।
पानी निकास गर्न नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गरिएको छ । दुहबी–इनरुवा सडक खण्ड भत्काएर पानी निकास गर्ने प्रयास जारि राखिएको छ । दुहबीमा बस्ता खोला, धनुस्ना खोला, टेङ्रा खोलालगायत खोलाहरु मिचेर संरचनाहरु बनाउने क्रम बढेपछि दुहबी बाढीको उच्च जोखिममा रहेको छ ।