काठमाडौं । लामो रस्साकस्सीपछि पहिला संसद विघटन गर्ने सहमति भएको छ ।
शीतल निवासमा जारी सर्वपक्षीय छलफलबाट पहिला संसद विघटन गर्ने र त्यसपछि कार्कीलाई प्रधानमन्त्री बनाउने विषयमा सहमती जुटेको हो । यसअघि राजनीतिक दलहरू संसद विघटनको विपक्षमा उभिँदै आएका थिए भने राष्ट्रपतिले पहिला प्रधानमन्त्री बनेर अनि विघटन गर्नुपर्ने अडान लिएका थिए ।
तर युवाहरुको दबाबपछि राष्ट्रपति पछि सरेको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी सपथ खुवाउने तयारी गरेका हुन्।
पूर्वप्रधानन्यायाधीश कार्कीले सानो आकारको मन्त्रिमण्डलसहित प्रधानमन्त्री पदमा सपथ ग्रहण गर्नेछन् ।