काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) मा १७ लाख ९६ हजार ६ सय ८४ जनाले आवेदन दिएका छन् ।
आईपीओमा आवेदन दिने आज अन्तिम दिन साँझ ५ बजेसम्म १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकहरुले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रुपियाँ बराबरको २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ ।
कम्पनीले असार १ गते गतेदेखि ५ गतेसम्म ६७ लाख रुपियाँको ६७ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
कूल निष्काशन मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि, ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको ६२ हजार ६ सय १५ कित्ता आईपीओ ६ हजार २ सय ५६ जनाले गोलाप्रथाबाट १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
उक्त कम्पनीको हाल कायम चुक्ता पूँजी १ करोड ४० लाख रहेको छ । आईपीओ बिक्री पछि चुक्ता पूँजी २ करोड ७ लाख पुग्ने छ ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डले जेठ १० गते आईपीओ निष्काशनको लागि अनुमति दिएको थियो ।