प्रदेश १ को नामाकरण पहिचानका आधारमा : मुख्यमन्त्री राई

न्युजलय २० कार्तिक २०७८, शनिवार ०१:०२ मा प्रकाशित

संखुवासभा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरण चाँडै हुने बताएका छन् । उनले नामाकरण गर्दा पहिचानका आधारमा हुनेसमेत बताएका छन् ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दे मुख्यमन्त्री राईले प्रदेश १ को नाम पहिचान, बहुपहिचानका आधारमा सहमतिमा छलफलबाट टुङ्गो लगाउने बताए ।

प्रदेशको नामकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल थाल्ने मुख्यमन्त्री राईले बताए ।