काठमाडौँ । आइतबार(आज) सेयर बजारको परिसूचक नेप्से घटेको छ ।
१.३८ अंकले घटेर परिसूचक २६८८ अंकमा कायम भएको छ । आज कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५९ अंकले नेप्से घट्दा ५ अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । तर आज आइतबार भने ४ अर्ब ९ करोडको कारोबार भयो ।
आज बैंकिङ उपसमूह ७, जलविद्युत २, लगानी ३, जीवन बीमा ६८ र ब्यापार उपसमूह ३४ अंकले घटे । अन्य ३४, निर्जीवन बीमा २४, विकास बैंक १६१, फाइनान्स २९ र होटल तथा पर्यटन ३४ अंकले बढे ।
समग्र बजार घट्दा पनि धेरैजसो कम्पनीको मूल्य बढ्यो । १०३ कम्पनीको मूल्य बढ्यो भने ७५ कम्पनीको घटेको छ । बोटलर्स नेपाल तराई, मानुसी लघुवित्त, तेह्रथुम पावर र महालक्ष्मी विकास बैंकको मूल्य १० प्रतिशतले बढेको हो ।
जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल) को मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो । त्यस्तै साहस उर्जाको मूल्य ८.७ प्रतिशतले घट्यो ।