बढ्यो सुनको मूल्य

न्युजलय २३ असोज २०८३, शुक्रबार ११:०९ मा प्रकाशित

काठमाडौँ । सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य २ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य १५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलाको ४ हजार ४०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३९० रुपैयाँ रहेको थियो ।