काठमाडौं । सरकारले दुरसञ्चार सेवालाई प्रभावकारी बनाइनुका साथै इन्टरनेट शुल्क घटाउने भएको छ । बाँकेको कोहलपुर र ललितपुरको खुमल्टारमा डाटा सेन्टरको पूर्वाधार निर्माण कार्य सुरु गरिने, धरानमा डाटा सेन्टर र बुटबलमा ईन्टरनेट एक्सचेञ्ज सेन्टर बनाइने घोषणा गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।