काठमाडौँ । बुधबार(आज) नेप्से परिसूचक ९.५० अंक बढेको छ । आज ०.४५ प्रतिशतले बढेर नेप्से २०८९.६२ को विन्दुमा पुगेको छ ।
बुधबार एक करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार ७८९.६२ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
आज ३०१ कम्पनीको कारोबार भएकोमा ११८ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीकै सेयर मूल्य घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । तर, पाँच कम्पनीको सेयर मूल्यमा सर्किट स्तरमा कारोबार भएको नेप्सेले जनाएको छ । १३ मध्ये ६ उपसमूहको समूहगत सूचक बढेको छ ।